२०८२ आश्विन २६ गते , आईतबार

दमकको पशुहाटमा हत्या भएका व्यक्तिको पहिचान खुलेन

sajilo news
झापा
२०८२ आश्विन २५ गते , शनिबार
दमकको पशुहाटमा हत्या भएका व्यक्तिको पहिचान खुलेन

झापाको दमकमा हत्या भएका व्यक्तिको पहिचान अझै खुल्न सकेको छैन । हिजो दमक –७ स्थित पशुहाटमा पशु राख्ने टहरामा गाईवस्तुले पानी खाने नालीभित्र नामथर वतन नखुलेका अन्दाजी ५० वर्षका पुरुषको शव फेला परेको हो उनको दाहिनेपट्टिको गालामा धारिलो हतियार प्रहार भएको देखिएको छ ।

इलाका प्रहरी कार्यालय दमकका डिएसपी रामप्रसाद तिमल्सिनाले मृत्यु शङ्कास्पद देखिएको बताउँदै मृतकको पहिचान खुलिनसकेको जानकारी दिए ।कानुनी प्रक्रिया पुरा गरी शवलाई पोस्टमार्टमको लागि उर्लाबारी मोरङ पठाइएको छ ।

यसैबीच सो घटनामा संलग्न भएको आशङ्कामा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । गएराति अनुसन्धानका लागि तीन जनालाई पक्राउ गरिएको डिएसपी तिमल्सिनाले पुष्टि गरे । उनीहरूलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय झिलझिलेमा राखिएको छ ।

सम्बन्धित समाचार