२०८२ आश्विन २६ गते , आईतबार
सशस्त्र प्रहरीद्धारा लागु औषधसहित लाखौँ मूल्य बराबरको सामान बरामद
.jpg)
भद्रपुर । सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेड क्वाटर झापा र त्यसका मातहत बोर्डर आउट पोस्टले अवैध सामान र प्रतिबन्धित लागू पदार्थसहित तीन जनालाई पक्राउ गरेको छ ।
अवैध ढङ्गले बरामद भएका सामानहरू १७ लाख ४४ हजारका रहेको बताइएको छ । यस्ता सामानहरूमा भारतीय ओरियनस कम्पनीका औषधी, ६ थान बिना कागजात भएका भारतीय नम्बर प्लेटका मोटरसाइकल, ११-११ थान प्रतिबन्धित औषधी र सुइँहरू, २ केजी गाँजा र भारतबाट अवैध ढङ्गले ल्याइएका ६ सय केजी बोइलर कुखुरा बरामद गरेको जनाइएको छ ।
बरामद गरिएका सामानहरूलाई भन्सार बुझाएको सशस्त्रका एसपी रमेशकुमार पाण्डेले जानकारी दिए । त्यस्तै बरामद गरिएका कुखुराहरूलाई नष्ट गरिएको छ भने लागु औषधिसहित पक्राउ परेका तीनै जनालाई प्रहरीलाई जिम्मा लगाएको उनले बताए ।