दमक पत्रकार मञ्चको साधारणसभा बहिष्कार
.jpg)
दमक । पत्रकार मञ्च दमकले आज आयोजना गरेको साधारणसभा नेपाल प्रेस युनियन र प्रेस संगठन नेपालले बहिष्कार गरेका छन् । ती दुवै संगठनले आज संयुक्त विज्ञप्ति निकालेर मञ्च विधि र प्रकृयाबाट नचलेको भन्दै साधारणसभा बहिष्कार गरेको उल्लेख गरेका हुन् ।
विज्ञप्तिमा मञ्चको कार्यकाल दुई वर्ष भएपनि अधिबेशन गर्न नचाहेको, साधारणसभामा पत्रकार महासंघसहित अन्य पत्रकारजन्य संघसंगठनहरुलाई वेवास्ता गरेकाले नैतिक रुपले साधारणसभा बस्न उपयुक्त नभएको उल्लेख गरिएको छ ।
विज्ञप्तिमा युनियनका माइपश्चिम अध्यक्ष विष्णु सुब्बा र प्रेस संगठन नेपालका तर्फवाट अनिलदेव राईको हस्ताक्षार छ । ती दुवै संगठनले मञ्चलाई विधान अनुसार सञ्चालन गर्नका लागि अविलम्ब अधिबेशनको मिति तय गर्न माग गरिएको जनाईएको छ ।
पत्रकार मञ्चको साधारणसभा सम्पन्न
नेपाल प्रेस युनियन र प्रेस संगठन नेपालका पत्रकारहरुको वहिष्कारका बीच पत्रकार मञ्च दमकले एघारौँ साधारण सभा गरेको छ । राष्ट्रिय सभाका सदस्य देवेन्द्र दाहालको प्रमुख आतिथ्यतामा भएको साधारणसभा गरि सम्पन्न गरिएको थियो ।
मञ्चका अध्यक्ष मनकुमार गदालले संस्थाको प्रतिवेदन ,कार्यवहाक कोषाध्यक्ष धनबहादुर थेवेले आर्थिक प्रतिवेदन पेश गरे । त्यस अवसरमा दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठले पत्रकार मञ्चको अक्षय कोषका लागि ५ हजार ५ सय ५५ रुपैयाँ हस्तान्तरण गरे । त्यस्तै, सांसद दाहालले मञ्चको अक्षय कोषमा ५० हजार रुपैयाँ दिने घोषणा गरे ।