२०८२ आश्विन २६ गते , आईतबार
भद्रपुरमा घर–घरमा स्वास्थ्य सेवा

भद्रपुर । भद्रपुरमा घर–घरमा पुगेर स्वास्थ्य सेवा दिन थालिएको छ । भद्रपुर ७ नम्बर वडाले यसको सुरुआत गरेको छ । वडा अध्यक्ष विनोदप्रसाद पोखरेलको अगुवाइमा ७ नम्बरको आदिवासी बहुल बासीलाल टोलमा पुगेर भद्रपुर नगरपालिकाको स्वास्थ्य शाखाले स्थानीयलाई स्वास्थ्य सेवा प्रदान गरेको हो ।
त्यहाँ भद्रपुर नगरपालिका उपप्रमुख चन्द्रा श्रेष्ठले कार्यक्रमको उद्घाटन गरेकी थिइन् । स्वास्थ्य शाखा प्रमुख शान्तिराम भट्टराईले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेको थियो ।
‘घर दैलोको स्थानीय सरकार, गर्छौँ हामी स्वास्थ्य उपचार’ भन्ने नाराका साथ टोल–टोलमा पुगेर स्वास्थ्य सेवा दिन सुरु गरिएको वडाध्यक्ष पोखरेलले बताए । त्यहाँ सामान्य उपचार औषधि वितरण गरिएको थियो । यसलाई निरन्तरता दिइने नगरपालिकाले जनाएको छ ।