२०८२ आश्विन २६ गते , आईतबार

गौरादह २ नम्बर वडा कार्यालयको उद्घाटन

sajilo news
पार्थ मण्डल
२०७७ फाल्गुन ९ गते , आईतबार
गौरादह २ नम्बर वडा कार्यालयको उद्घाटन

झापा । झापाको गौरादह नगरपालिका वडा नम्बर २ को वडा कार्यालयको आइतबार एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ । भाडाको घरबाट सेवा दिँदै आएको वडाले आजदेखि आफ्नै भवनबाट सेवा दिन थालेको हो ।  गौराद्ह नगरपालिका प्रमुख रोहितकुमार साहले एक कार्यक्रमका बिच कार्यालयको उद्घाटन गरे ।

कार्यक्रममा बोल्दै नगरप्रमुख साहले वडा कार्यालय आफ्नै भवनमा सञ्चालनमा आएपछि सेवा प्रवाह प्रभावकारी हुने  विश्वास व्यक्त गरे । गौरादह नगरपालिकाबाट रु ७० लाख र जिल्ला समन्वय समिति झापा मार्फत प्रदेश १ सरकारले उपलब्ध गराएको १५ लाख गरी कुल ८५ लाख रुपैयाँमा  भवन निर्माण गरिएको वडा अध्यक्ष हेमन्त कार्कीले जानकारी दिए । कार्यक्रममा वडा भवन निर्माण गर्न जग्गा सहयोग गर्ने सहयोगीलाई सम्मान गरिएको थियो ।

सम्बन्धित समाचार