२०८२ आश्विन २६ गते , आईतबार

झापामा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

sajilo news
पार्थ मण्डल
२०७७ माघ २१ गते , बुधबार
झापामा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

भद्रपुर । झापाको शिवसताक्षीस्थित झरना पुलमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका ११ बस्ने ४१ वर्षीय पूर्ण कुमार कडेरिया रहेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए ।
पूर्व पश्चिम राजमार्ग अन्तरगत शिवसताक्षी ९ दुधे स्थित झरना पुलमा पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको मे १ ख १९८० नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको बा ५६ प २९५८ नम्बरको मोटरसाइकललाई बुधबार राती ठक्कर दिएका थियो ।

दुर्घटनामा परी मोटरसाइकल चालक  कडेरिया र सोही मोटरसाइकलको पछाडि सवार सोही ठाउँका २८ वर्षीय शङ्कर तामाङ घाइते भएका थिए । घाइते दुवैलाई उपचारका लागि बिएण्डी अस्पतालमा पठाएकोमा उपचारको क्रममा कडेरियाको मृत्यु भएको डिएसपी थापाले जानकारी दिए । यता इलाका प्रहरी कार्यालय झिलझिलले बस चालक  मेचीनगर नगरपालिका ६ बस्ने ५० वर्षीय मान बहादुर रसाइली र बस, मोटरसाइकललाई नियन्त्रणमा लिएको छ ।  
 

सम्बन्धित समाचार