२०८३ बैशाख २५ गते , शुक्रबार

हल्दिवारीको पैनीमा एक वृद्ध मृत भेटिए

sajilo news
झापा
२०८३ बैशाख २५ गते , शुक्रबार
हल्दिवारीको पैनीमा एक वृद्ध मृत भेटिए

झापा हल्दिवारीको पैनीमा एक वृद्ध मृत भेटिएका छन् ।बिहीबार दिउँसो ४ बजेदेखि हराएका ८० वर्षीय मानभक्त लावती आज बिहान ६ बजे हल्दिवारी गाउँपालिका १ स्थित पैनीमा मृत भेटिएका हुन् ।

पाँचथर कुम्मायक गाउँपालिका बस्ने लावती हल्दिवारी १ कोचाटोलीमा छोरीको घरमा बस्दै आएका थिए । हिजो  हराएपछि आफन्त र स्थानीयले खोजी गर्दा उनी फेला परेका थिएनन् । आज बिहान कुमारी शाहशंकरले घाँस काट्न जाने क्रममा पैनीमा लावतीलाई मृत अवस्था देखेकी थिइन् ।

प्रहरी चौकी गोलधापबाट प्रहरी टोली खटिएको जनाइएको छ ।

सम्बन्धित समाचार